नेपाली बजारमा आज (सोमबार) पनि सुन-चाँदीको मूल्य बढेको छ। यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेर चार हजार तीन सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।