शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विद्या भण्डारीको पार्टी सदस्यता स्वत: निष्कृय भयो: महासचिव पोखरेल

विद्या भण्डारीको पार्टी सदस्यता स्वत: निष्कृय भयो: महासचिव पोखरेल

श्रावण ७, २०८२ बुधवार
श्रावण ७, २०८२ बुधवार
  • विद्या भण्डारीको पार्टी सदस्यता स्वत: निष्कृय भयो: महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्वत: निष्कृय भएको बताएका छन् । 

    बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव पोखरेलले भण्डारीले लिएको सदस्यता स्वत: निष्कृय भएको बताएका हुन् । 

    महासचिव पोखरेलले एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन नमिल्न निर्णय गरेसँगै सदस्यता निष्कृय भएको बताए । उनले राष्ट्रको गौरव भइसकेको साझा व्यक्तित्व कुनै राजनीतिक दलसँग आवद्ध हुन नमिल्ने एमालेले निष्कर्ष निकालेको समेत बताए ।

    पोखरेलले भने- 'सम्माननीय राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सम्पूर्ण प्रकारका राजनीतिक भुमिकाबाट अलग हुने व्यवस्था संविधानले गरेको छ । कुनै प्रकारको राजनीतिक नियुक्तिमा छ भने उसले राजीनामा दिएर जानुपर्छ ।’ महासचिव पोखरेलले राष्ट्रपति सबै अंगहरूको साझा अभिभावक भएको बताए ।

    साथै उनले मिसन ०८४ को नेतृत्व अध्यक्ष ओलीले नै गर्नुपर्ने केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूको राय रहेको समेत बताए । उनले भने- 'केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूको धारणा के रह्यो भने मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । भन्ने रायले विधानलाई खण्डित गर्दैन । विधानले त हरेकलाई प्रतिष्पर्धाको अधिकार दिएकै छ । हामी विधानका परिप्रेक्ष्यमा हामी छलफल गर्दैछौँ । प्रतिष्पर्धालाई निषेध गरेका छैनौँ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार