शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

हृदयघातबाट हुने अचानक मृत्युको कोभिड खोपसँग प्रत्यक्ष सम्बन्ध छैन

हृदयघातबाट हुने अचानक मृत्युको कोभिड खोपसँग प्रत्यक्ष सम्बन्ध छैन

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • हृदयघातबाट हुने अचानक मृत्युको कोभिड खोपसँग प्रत्यक्ष सम्बन्ध छैन

    भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर) र राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी) ले आफ्नो अध्ययनमा हृदयघातका कारण हुने अचानक मृत्युको कोभिड खोपसँग कुनै प्रत्यक्ष सम्बन्ध नरहेको बताएका छन् ।

    यो अध्ययन १८ देखि ४५ वर्ष उमेर समूहका मानिसहरूको अचानक मृत्युमा आधारित रहेको दुवै संस्थाले बताएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले पनि यो अध्ययन बारे जानकारी दिएको छ । अध्ययनमा भारतको कोभिड खोप सुरक्षित र प्रभावकारी रहेको र यसबाट हुने गम्भीर साइड इफेक्टका घटनाहरू दुर्लभ रहेको उल्लेख गरिएको छ ।

    अध्ययनमा अचानक मृत्युका अन्य कारणहरू पनि सक्ने भन्दै यसमा आनुवंशिकी, जीवनशैली, पहिलेदेखि नै रहेको रोग र कोभिड पछिको जटिलताहरू रहेको उल्लेख छ ।

    भारतमा दुई कोभिड खोपहरू विकास गरिएका थिए । भारत बायोटेकले आइसीएमआरसँगको सहकार्यमा कोभ्याक्सिन उत्पादन गरेको थियो । त्यस्तै, सेरम इन्स्टिच्युट अफ इन्डियाले ब्रिटिश कम्पनी एस्ट्राजेनेकाको सूत्रबाट कोभिशिल्ड बनाएको थियो ।

    आइसीएमआर र एनसीडिसीले अचानक मृत्युको कारण बुझ्न सँगै काम गरिरहेको बताएका छन् । यसका लागि दुई अनुसन्धान अध्ययनहरू सञ्चालन भइरहेको, जसमा पहिलो विगतको तथ्याङ्कमा आधारित र दोस्रो वास्तविक समयको अनुसन्धानसँग सम्बन्धित रहेको बताइएको छ।

    आइसीएमआरको राष्ट्रिय महामारी विज्ञान संस्थान (एनआइइ) ले मे, २०२३ देखि अगस्ट, २०२३ सम्म १९ राज्य र केन्द्र शासित प्रदेशहरूका ४७ अस्पतालहरूमा अध्ययन गरेको थियो ।

    यसले अक्टोबर, २०२१ र मार्च, २०२३ बीचमा स्वस्थ देखिने तर अचानक मृत्यु भएका व्यक्तिहरूको तथ्याङ्क हेरेको थियो । नतिजाहरूले कोभिड खोपले अचानक मृत्युको जोखिम नबढाएको देखिएको थियो ।

    त्यस्तै दोस्रो अध्ययन आनुवंशिक उत्परिवर्तन धेरैजसो मृत्युको कारण बारे थियो । यो अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) र आइसीएमआरको सहयोगमा गरिएको थियो । यसको उद्देश्य युवा वयस्कहरूको अचानक मृत्युको कारणहरू पत्ता लगाउनु हो । अध्ययनको प्रारम्भिक तथ्याङ्कले हृदयघात वा मायोकार्डियल इन्फेक्शन (एमआई) यस उमेरमा अचानक मृत्युको प्रमुख कारण भएको देखिएको छ ।

    वर्षौंदेखि अचानक मृत्युको कारणहरूको ढाँचामा कुनै ठूलो परिवर्तन भएको छैन । धेरैजसो मृत्यु आनुवंशिक उत्परिवर्तनका कारणले हुन्छन् । यो अध्ययन अझै जारी छ। अन्तिम नतिजा पूरा भएपछि साझा गरिने दुवै संस्थाले जनाएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार