Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न भएको छ । 

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग तथा बागमती सेवा समाज नेपालको साझेदारीमा संचालित बाल स्पोन्सरसिप परियोजना अन्तर्गत एकदिने शारीरिक स्वास्थ्य तथा पोषणको प्रारम्भिक जाँच सम्बन्धित गरिएको हो । 

WhatsApp Image 2025-06-12 at 14.57.51_95c3ff79.jpg

हरिपुर्वा नगरपालिका भरिका विद्यालय तथा मदरसालाई केन्द्रित गरेर कक्षा प्लेग्रुपदेखि कक्षा ८ सम्मको प्रत्येक बालबालिकालाई आँखा, कान, दाँत र पाँच वर्षभन्दा मुनिका बालबालिकालाई पाखुराको नापको जाँच पद्ताल गरि समस्या पत्ता लागेको बालबालिकालाई नजिकको स्वास्थ्य संस्था तथा अस्पतालसँग समन्वय गरि पठाउने गरिन्छ।

WhatsApp Image 2025-06-12 at 14.57.52_7deb2b75.jpg

यस् कार्यक्रममा उपस्थित कार्यक्रम परियोजना संयोजक प्रमेश बादे भन्छन्- "समयमै कुनै ठुलो स्वास्थ्य समस्या बाट कसरि  जोगिन सक्छ भने यस कार्यक्रमको मुल उद्देश्य रहेको छ" । उक्त कार्यक्रममा हरिपुर्वा नगरपालिकाको तर्फबाट शिक्षा प्रमुख जनक काफ्ले,स्वास्थ्य शाखा प्रमुख लालबाबु यादव, प्रशासकिय अधिकृत कुमार परियार थिए भने विद्यालयको तर्फबाट प्र.अ तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2025-06-12 at 14.57.52_2f02544d.jpg