Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

महिला सशक्तिकरणको यात्रामा प्रविना राईको प्रभावकारी कदम (भिडियोसहित)

माइजोगमाइ गाउँपालिका नेपालको कोशी प्रदेश अन्तर्गत इलाम जिल्लामा अवस्थित एक महत्वपूर्ण गाउँपालिका हो। संघीय शासन प्रणाली लागू भएपछि साविकका नयाँबजार, जोगमाई, नामसालिङ, सोयाङ, र प्याङ गाबिसहरूलाई समेट्दै यसको पुनर्गठन गरिएको थियो।

यो क्षेत्र जातीय तथा सांस्कृतिक विविधताले समृद्ध छ। विशेषगरी इलामको पूर्वी भागमा बसोबास गर्ने न्यूनसंख्यक लेप्चा र थामी समुदायका मानिसहरू यहाँको सांस्कृतिक सौन्दर्य बढाउने अहम पक्ष हुन्। साथै, माइजोगमाइ ऐतिहासिक तथा पर्यटकीय महत्वको पनि केन्द्र मानिन्छ। यहाँ माइबेनी धाम, सिंहदेवी मन्दिर, सातले झरना, काली ओडार, उत्तरे पोखरी, साङछोलिङ गुम्बा, मेघ्मा गुम्बा जस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरू रहेका छन्।

WhatsApp Image 2025-05-24 at 13.14.57_a847b3c0.jpg

उपाध्यक्ष प्रविना राईको नेतृत्व र योगदान

माइजोगमाइ गाउँपालिकाको वर्तमान उपाध्यक्ष प्रविना राई हुन्। इलाम नगरपालिका-२ मा जन्मिएकी प्रविना बाल्यकालदेखि नै सामाजिक कार्यमा सक्रिय थिइन्। विद्यार्थी जीवनमै उनले विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै नेतृत्वदायी जिम्मेवारी सम्हालिन्।

राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएकी प्रविनालाई समाजसेवाप्रति गहिरो अभिरुचि थियो। करिब २० वर्षको राजनीतिक यात्रामा उनले विभिन्न सामाजिक अभियानहरूमा नेतृत्वदायी भूमिका निभाइसकेकि  छन्। २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर उनले माइजोगमाइ गाउँपालिकाको उपाध्यक्ष पद जितिन्।

समाजसेवामा उल्लेखनीय कार्यहरू

उपाध्यक्ष प्रविना राईले गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छन्। बालमैत्री स्थानीय शासन समितिको उपाध्यक्षका रूपमा उनले बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा महिलाहरूको अधिकार संरक्षणमा विशेष योगदान पुर्याइरहेकी छन्।

खेलकुद प्रवर्द्धनको क्षेत्रमा पनि उनको सक्रियता देख्न सकिन्छ।  महिला सशक्तिकरणको क्षेत्रमा प्रविना राई विशेष रूपमा क्रियाशील छिन्। उनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मा नेतृत्वदायी भूमिका निर्वाह गर्दै महिलाहरूको अधिकार, सुरक्षा तथा समानताको विषयमा जनचेतना फैलाउने काम गरिन्। त्यति मात्र नभएर उपाध्यक्षसङ्ग युवा उध्यमी  कार्यक्रमहरू हाल उनको नेतृत्वमा सञ्चालन भइरहेका छन्।

भविष्यका लक्ष्यहरू

उनको नेतृत्वमा माइजोगमाइ गाउँपालिकालाई समृद्धि र विकासको मार्गमा अघि बढाउने लक्ष्य रहेको छ। स्थानीयस्तरमा उद्यमशीलता प्रवर्द्धन गर्दै युवाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उनको योजना रहेको छ। प्रविना राईको निष्ठा, क्षमता र जनताको विश्वासले उनलाई एक प्रभावशाली नेतृका रूपमा स्थापित गरिरहेको छ।

माइजोगमाइ गाउँपालिकाको शिक्षा, स्वास्थ्य, पुर्वधार, महिला सशक्तिकरण लगायत विषय वस्तुमा उपाध्यक्ष प्रविना राईसँग नेपाल रैबार डटकमले गरेको कुराकानीको अशं भिडियोमा हेर्नुहोसः