शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो ।
सिआइबीले बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको बताएको छ । विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा गत महिना उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो । सोही मुद्दामा फरार रहेका अग्रवाललाई प्रहरीले पक्राउ गरिएको बताइएको छ ।
जगदम्बा स्टील्सको नाममा विभिन्न बैंकबाट लिइएको ४२ करोड १४ लाखदुरुपयोग गरेको अभियोगमा शंकरलाल, उनका छोराहरु शाहिल र सुलभ तथा बिचौलिया दीपक भट्टविरुद्ध गत २८ जेठमा मुद्दा दायर भएको थियो ।
यसअघि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका अग्रवाल चैत्र २२ गते हाजिरी जमानीमा रिहा भएका थिए ।