Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

रास्वपा नेतृत्वको सरकारद्वारा पहिलो बजेट प्रस्तुत, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संसद्मा (लाइभ भिडियो)

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट संघीय संसद्मा प्रस्तुत गरिरहेका छन् ।

सिंहदरबारस्थित संघीय संसद् भवनमा जारी संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले सरकारको आय–व्यय विवरण सार्वजनिक गरिरहेका हुन् ।

दुई तिहाइ नजिकको बहुमतसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पहिलो पटक पूर्ण बजेट प्रस्तुत गरेको हो ।

सरकारले यस वर्षको बजेटमार्फत आर्थिक सुधार, रोजगारी सिर्जना, निजी क्षेत्रको मनोबल वृद्धि, उत्पादन र लगानी विस्तार तथा पूँजीगत खर्च वृद्धि जस्ता विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।