शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् शुक्रबारको राशिफल

दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् शुक्रबारको राशिफल

जेठ ८, २०८२ बिहिवार
जेठ ८, २०८२ बिहिवार
  • दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् शुक्रबारको राशिफल

    मेष
    कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। गलत तरिकाले धन कमाउनदेखि बच्नुहोस्। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। दान पुण्य गरेर धर्म अर्जित गर्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन
    आफन्तहरूसँग भ्रमणको रूपरेखा बन्नेछ। नोकरी वा पेशामा पदोन्नतिका योग छन्। भाग्यले साथ दिनेछ। साना बच्चाहरूसंग मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग हरियो हे भने शुभ अंक २ रहेको छ।

    सिंह
    युवाहरूलाई आफ्नो करियरलाई राम्रो बनाउने अवसर मिल्नेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। परिवार र इष्टमित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    तुला
     कठिन परिस्थितिमा साहस र बुद्धिले विजय पाइनेछ। स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ। शुभचिन्तकहरूबाट सहयोग मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    धनु
     आर्थिक मामलाहरूमा आजको दिन अलि खर्चिला हुनेछ। व्यय नियन्त्रण राख्नुहोस्। हतारमा कुनै कार्य प्रारम्भ नगर्नुहोला। घर परिवारमा भाइबहिनीहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ
    तारिफ योग्य कार्य गर्दै लाभार्जन गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोगले रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। श्रमको उचित मूल्यांकन मिल्नेछ। विरोधीहरू सक्रिय भएतापनि हानि पुर्‍याउन नसक्लान्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    बृष
    नोकरी वा पेशामा सफलता मिल्नेछ। सकारात्मक सोचले जीवनमा बदलाव लिएर आउनेछ। आर्थिक पक्ष सबल रहनेछ। नयाँ कार्यको थालनी गर्न सक्नुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट
    स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ निर्णयहरू सोचविचार गरेर गर्नुहोस्। कार्यक्षेत्रमा सहयोगीहरूको समर्थन मिल्नेछ। अध्यात्म तर्फ रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या
    व्यापार व्यवसायमा चुनौतीपूर्ण स्थिति निर्माण हुनेछ धैर्य बनाएर राख्नुहोस्। विश्वकल्याणको भावना राख्नुहोस्। करियर र कारोबारले गति लिनेछ। आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक
    उन्नतिका नयाँ बाटाहरू खुल्नेछन्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। परिवारमा विवादित समस्याहरू सुल्झिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मकर
    सामाजिक रूपमा लोकप्रियता बढ्नेछ। संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा शत्रुहरू बढ्नेछन्। नयाँ कार्य तर्फ अग्रसर भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन
    समयलाई वेवस्था गर्दा व्यवहारमा पछाडि परिनेछ। भविष्यको लागि सम्भावना खोज्ने समय रहेको छ। चिताएका कार्य पूरा गर्नमा श्रम धेरै गर्नुपर्छ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार