शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सशस्त्र प्रहरीका असइ छत्यालद्वारा सगरमाथा आरोहण

सशस्त्र प्रहरीका असइ छत्यालद्वारा सगरमाथा आरोहण

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • सशस्त्र प्रहरीका असइ छत्यालद्वारा सगरमाथा आरोहण

    सशस्त्र प्रहरी सहायक निरीक्षक(असइ) दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । आइतबार बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा पुगेको समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र वाङ्दी शेर्पाले जानकारी लिए ।

    सगरमाथा शिविरमा उनले ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका छन् । सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

    उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाई गरेका थिए ।

    सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् । सगरमाथा आरोहण गर्ने उनी सशस्त्र प्रहरी बलका दोस्रा कर्मचारी हुन् । यसअघि गत वर्ष इन्सपेक्टर सुरज पौडेलले सगरमाथा आरोहण गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार