शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सेतीको पुलबाट हाम फालेका युवकको सशस्त्र टोलीले गर्‍यो उद्धार

सेतीको पुलबाट हाम फालेका युवकको सशस्त्र टोलीले गर्‍यो उद्धार

जेठ ३, २०८२ शनिवार
जेठ ३, २०८२ शनिवार
  • सेतीको पुलबाट हाम फालेका युवकको सशस्त्र टोलीले गर्‍यो उद्धार

    कास्कीको पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

    नाम वतन नखुलेको अन्दाजी २०/२१ वर्षको युवकले शुक्रबार सेतीमा हाम फालेका थिए । ती व्यक्तिले हाम फालेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राति ९ :३५ उद्धार गरेको हो ।

    उनको उद्धारका लागि करिब ४५ मिनेट लागको थियो । रोपरेस्क्यू प्रयोग गरी उद्वार गरिएको सशस्त्र प्रहरीका बलका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    ती युवक हाम फालेको स्थानबाट करिब१०० मिटर तल सेती नदीको खोँचबाट अर्धचेत अवस्थामा फेला परेका थिए । उनलाई उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट