Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सेतीको पुलबाट हाम फालेका युवकको सशस्त्र टोलीले गर्‍यो उद्धार

कास्कीको पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

नाम वतन नखुलेको अन्दाजी २०/२१ वर्षको युवकले शुक्रबार सेतीमा हाम फालेका थिए । ती व्यक्तिले हाम फालेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राति ९ :३५ उद्धार गरेको हो ।

उनको उद्धारका लागि करिब ४५ मिनेट लागको थियो । रोपरेस्क्यू प्रयोग गरी उद्वार गरिएको सशस्त्र प्रहरीका बलका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

ती युवक हाम फालेको स्थानबाट करिब१०० मिटर तल सेती नदीको खोँचबाट अर्धचेत अवस्थामा फेला परेका थिए । उनलाई उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएएको छ ।