Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सुरक्षित यात्राका लागि सचेतना कार्यक्रम सम्पन्न

सुरक्षित यात्राका लागि सचेतना कार्यक्रम सम्पन्न भएकको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा आज शुक्रबार नेपाल ल क्याम्पस परिसरमा दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्ता विद्यार्थीहरूबीच सडक सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा १८० जना विद्यार्थीहरूले सहभागीता जनाएका थिए। राष्ट्रिय सडक सुरक्षा परिषद्का प्राविधिक सल्लाहकार सरोज प्रधानले सुरक्षित रूपमा बाइक तथा स्कुटर चलाउने उपाय, पैदल यात्रीहरूको सुरक्षाका लागि चालकहरूले अवलम्बन गर्नुपर्ने गुणहरू, तथा आधारभूत सुरक्षाका नियमहरूबारे जानकारी गराएका थिए।

WhatsApp Image 2025-05-16 at 18.54.00_b3a0bb76.jpg

पत्रकार जीवन बनियाले दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्ताहरूले सजग भएर बाइक तथा स्कुटर चलाउनुपर्ने सुझाव दिए। साथै, अपाङ्गता भएका व्यक्तिहरू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने कुरामा उनले जोड दिए। नेपालरैबार डटकममा बजार प्रतिनिधि तथा रिपोर्टर रहेका बनियाले सेतो छडीलाई दृष्टिविहिन व्यक्तिहरूका लागि महत्वपूर्ण संकेत मान्दै चालकहरूलाई विशेष ध्यान दिन आग्रह गरे।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयर राष्ट्रिय सडक सुरक्षा परिषद्का इन्जिनियर सुरक्षा पाल, राष्ट्रिय सडक सुरक्षा परिषद्का प्राविधिक सल्लाहकार सरोज प्रधान, सडक सुरक्षा व्यवस्थापन परियोजना का कार्यक्रम प्रवन्धक निरज धौबदडेल, नेपालरैबार डटकमका पत्रकार जीवन बनिया, नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख श्याम बहादुर कार्की लगायतले आफ्ना विचार प्रस्तुत गरे।

नेपाल ल क्याम्पसकी विद्यार्थी महिमा खतिवडाले कार्यक्रमको सञ्चालन गरेकी थिइन्। यस चेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउँदै सुरक्षित सवारी व्यवहार अपनाउन प्रेरित गर्ने उद्देश्य रहेको थियो ।