शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

जेठ २, २०८२ शुक्रवार
जेठ २, २०८२ शुक्रवार
  • बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    काठमाडौँको मध्य बानेश्वमा कारको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ । बानेश्वर नजिकै कात्यानी चोकमा बा.प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

    शुक्रबार बिहान ९ः२६ बजे काठमाडौँ महानगरपालिका– ३१ कात्यानी चोकस्थित सडकमा भिमसेनगोलातर्फ जाँदै गरेको कारले ठक्कर दिँदा सोही ठाउँमा डेरा गरी बस्ने भारतीय नागरिक आलोककुमार झाका तीन वर्षका छोरा शिवांस झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कारको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै काठमाडौँ मेडिकल कलेज सिनामंगल लगिएको थियो । उपचारका क्रममा साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

    काठमाडौँ महानगरपालिका– ३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठले चलाएको कारले ठक्कर दिँदा बालकको टाउकोमा गम्भीर चोट लागेको थियो । मृतक बालक बुवा आलोककुमार झा भारतको सितामढी घर भई हाल कात्यानीमा बस्दै आएका थिए । सवारी चालक श्रेष्ठ र सवारी बानेश्वर वृत्तको नियन्त्रणमा रहेका पनि एसपी बोहराले जानकारी दिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट