Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु

झापामा हावा हुण्डरीले घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घटनामा हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

गए राति हुरीले टिनको छाना भएको घर भत्किँदा त्यसको बिमले थिचेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।