शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सडकमै हवल्दार कुट्ने इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो

सडकमै हवल्दार कुट्ने इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो

जेठ १, २०८२ बिहिवार
जेठ १, २०८२ बिहिवार
  • सडकमै हवल्दार कुट्ने इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो

    सडकमै सहायक हवल्दारलाई कुटपिट गर्ने ट्राफिक प्रहरी प्रभाग, नागढुंगाका इन्सपेक्टर जितेन्द्र साहको सरुवा गरिएको छ । उनलाई जिम्मेवारीबाट हटाएर छानविन थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिएका हुन् ।

    बुधबार इन्सपेक्टर साहले नागढुंगा चेकपोष्टमा एक सहायक हवल्दारलाई कुटपिट गरेका थिए । त्यससम्बन्धि भिडियो सामाजिक सञ्जालमा बुधबार सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको छ । 

    बुधबार बिहान नागढुङ्गा प्रहरी प्रभाग परिसरमा ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले प्रहरी सहायक हवल्दार अमर खड्कालाई थप्पड हान्नुका साथै लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा निरीक्षक साहले मोबाइल हेर्दै खड्कालाई कुटपिट गरेको देखिन्छ ।

    घटनाको सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा प्रकाशित भिडियो तथा समाचारप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै भने, ‘सो कार्यमा संलग्न देखिएका प्रहरी कर्मचारीहरूलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको छ ।’ प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट