Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

चलचित्र ‘घरजम’ युट्यूव सार्वजनिक (हेर्नुहोस् पूरा फिल्म)

नेपाली मौलिक कथामा आधारित चलचित्र ‘घरजम’ सार्वजनिक भएको छ । रोमियो फिल्मस अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रोमियो फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको ‘घरजम’ को निर्माता किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो रहेका छन् । यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियोहरुमा अभिनय साथै निर्देशन पनि गरेका छन् ।

घरजम लिम्बू समुदायको परम्परा, संस्कार र संस्कृतिलाई आधार मानेर निर्मार्ण गरिएको नेपाली मौलिक चलचित्रमा कथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।

चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, कुसल थलङ, शुष्मा लिम्बु, भरतमणी पौडेल, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, एसिका जबेगु, जीवन भट्टराई, दिनेश माङमु, रबी शेर्मा, सीता कुमारी तुम्बापो, लक्ष्मी योङ्हाङ आयुषा लिम्बुखिम, शैलेन्द्र थेबे, नुनाम केरुङ, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ लगायतको अभिनय रहेको छ ।

मौसम इम्बुङ लिम्बु (फुःलेन्देको बाउ) को निर्देशन रहेको चलचित्र घरजमको छायांकन युवराज राईले गरेका छन् भने जीवन थापाले सम्पादन गरेका हुन् ।

भिडियो