Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पोखरामा नगर बस दुर्घटना, २२ जना घाइते

पोखरा महानगरपालिका-२२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

पुम्दिकोटबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको नगर बस बुधबार दिउँसो पुम्दिकोटमा दुर्घटना हुँदा २६ जना सवारमध्ये २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको बस्नेतले बताए।

घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले जानकारी दिए। बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।