Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ

काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एक जना भारतीय भूपू सैनिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ।गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन्।

उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए। उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।