शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

वैवाहिकस्थलमा हाइटेन्सन लाइनबाट करेन्ट प्रवाह: दुुई महिलाको मृत्यु, एक जना घाइते

वैवाहिकस्थलमा हाइटेन्सन लाइनबाट करेन्ट प्रवाह: दुुई महिलाको मृत्यु, एक जना घाइते

बैशाख ३१, २०८२ बुधवार
बैशाख ३१, २०८२ बुधवार
  • वैवाहिकस्थलमा हाइटेन्सन लाइनबाट करेन्ट प्रवाह: दुुई महिलाको मृत्यु, एक जना घाइते

    मोरङमा वैवाहिकस्थलमा हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा दुई महिलाको मृत्यु भएको छ। वैवाहिक कार्यक्रम चलिरहेको ठाउँमा गीत गाइरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

    गए राति रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगीमा वैवाहिक कार्यक्रम चलिरहँदा हावाहुरी चलेको थियो। हुण्डरीको कारण लच्किएको जग्गेको बाँसले हाइ टेन्सन लाइनमा छुँदा कार्यक्रमस्थलमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ।

    हावाहुरीको कारण घरमा गाडिएको बाँसको लिंगो हाइटेन्सन लाइनमा जोडिँदा दुर्घटना भएको प्रहरीको भनाई छ। करेन्ट लागेर रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीका सतारुलाल गनगाईकी श्रीमती ७१ वर्षीया सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती वर्ष ७० की रामुदेवी गनगाईको मृत्यु भएको हो ।

    करेन्ट लागेर अर्की ३० वर्षीय राधाकुमारी सिंह घाइते भएकी छन्। उनको नगर अस्पताल झुर्कियामा उपचार गरिएको छ। रतुवामाई ३ मिर्चाडाँगीका मङ्गलकुमार सिंहका छोरा निरजकुमार सिंहको वैवाहिक कार्यक्रम चलिरहँदा घटना भएको हो । हरियो बाँसको लिंगोमा हाइ टेन्सन लाइनको कनेक्सन हुँदा विवाहको रमाइलो हेर्न जम्मा भएका मानिसमा करेन्ट प्रवाह भएको स्थानीयले बताएका छन् । मृतक महिलाको शव पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा राखिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार