Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

काठमाडौँको मखन गल्लीमा आगलागी

काठमाडौँको मखन गल्लीमा आगलागी भएको छ । बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास अहिले पनि जारी छ ।

अहिले स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहारी र नेपाली सेनाको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीमा एक जना परेको बताइए पनि पुष्टि हुन बाँकी रहेको छ । 

आगो निभाउन विभिन्न ६ दमकल प्रयोग गरिएको तर आगो नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएको छ ।