Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

१६ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आयो बीपी राजमार्ग (भिडियो)

अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग १६ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

आज दिउँसो १ बजेबाट अवरुद्ध हटाएर सडक दुईतर्फी सञ्चालनमा आएको हो । 

सोमबार बेलुका ९ बजे जिल्लाको रोशी गाउँपालिको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो ।