अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग १६ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
आज दिउँसो १ बजेबाट अवरुद्ध हटाएर सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
सोमबार बेलुका ९ बजे जिल्लाको रोशी गाउँपालिको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्