Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिएपछि...

गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवक कर्मचारीलाई गालीगलौज र धम्की दिने एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ तिनदोबाटोबाट ५० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले आफू गृहमन्त्रीको निकट सहयोगी भएको दाबी गर्दै विभिन्न कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई टेलिफोनमार्फत धम्क्याउने, गालीगलौज गर्ने र दैनिक प्रशासनिक कामकाजमा अवरोध सिर्जना गर्ने गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका श्रेष्ठ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ निवासी हुन्। उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको  छ ।