शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

‘ब्रेक फेल’ भएर जीप दुर्घटनाः एकको मृत्यु, तीन जना गम्भीर

‘ब्रेक फेल’ भएर जीप दुर्घटनाः एकको मृत्यु, तीन जना गम्भीर

बैशाख २९, २०८२ सोमवार
बैशाख २९, २०८२ सोमवार
  • ‘ब्रेक फेल’ भएर जीप दुर्घटनाः एकको मृत्यु, तीन जना गम्भीर

    रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

    आज दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो।

    दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। उनका अनुसार घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन्।

    सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए। घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जीप ४०० मिटर तल खसेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार