Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दीपा पक्राउ

वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–५ घर भएकी ३३ वर्षीया दीपा कुमारी पोख्रेल पक्राउ परेकी हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पोख्रेलले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै २ लाख रुपैयाँ लिएकी थिइन् । तर, उनी लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएकी थिइन् ।

पीडितले दिएको जाहेरी अनुसार उनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरिएको उपरीक्षक आचार्यले जानकारी दिए । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।