Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

नवलपरासीको कावासोती नगरपालिका-१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ। 

रिठेपानी सडकखण्डमा भएको उक्त दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका २२ वर्षीय भाइ सागर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू सवार लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकल मुण्डेबाट लोकाहातर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको कल्पटमा ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।