शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

बैशाख २७, २०८२ शनिवार
बैशाख २७, २०८२ शनिवार
  • ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

    नवौं संस्करणको पोखरा स्पोर्टस् अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आयोजित अवार्ड वितरण समारोहमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उनलाई अवार्ड हस्तान्तरण गरे ।

    यसअघि अवार्ड छनोट समितिले उक्त अवार्डका लागि केसीको नाम सिफारिस गरेको थियो । नेपाल सुटिङ सङ्घका उपाध्यक्ष केसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक हात पारिसकेकी छन् । बागलुङकी उनी सन् २००० मा सिड्नीमा भएको २७ औं ओलम्पिक खेलमा नेपालका तर्फबाट भाग लिई राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

    उनले इन्डोनेसियामा सन् १९९५ मा सम्पन्न आठौं एसियन सुटिङ च्याम्पियनसिप, सन् १९९५ मा भारतको मद्रासमा भएको सातौं साफ गेम, सन् १९९७ मा भारतको न्यू दिल्लीमा सम्पन्न दोस्रो साफ सुटिङ च्याम्पियनसिप, थाइल्यान्डको बैंककमा सन् १९९८ मा सम्पन्न १३औं एसियन गेम, काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौं साफ गेम, पाकिस्तानमा सन् २००० मा सम्पन्न नवौं साउथ एसियन सुटिङ च्याम्पियनसिप, कोलम्बोमा सन् २००६ मा सम्पन्न १०औँ साउथ एसियन गेममा सहभागिता जनाएकी थिइन् ।

    केसीले नवौं राष्ट्रिय महिला सुटिङ प्रतियोगिता प्रथम, शुभजन्मोत्सव आठौँ सुटिङ प्रतियोगिता २०५१ मा प्रथम, १२औँ राष्ट्रिय सुटिङ प्रतियोगिता २०५३ मा प्रथम, प्रथम खुला सुटिङ प्रतियोगिता २०५१ मा प्रथम, चौथौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०५५ मा प्रथम र पाँचौ राष्ट्रिय प्रतियोगिता दोस्रो स्थान हासिल गरेकी थिइन् । २०५७ मा गोरखा दक्षिण बाहुबाट सम्मानित उनलाई सरकारले २०६३ उत्कृष्ट खेलाडी घोषित गरेको थियो ।

    अवार्ड पाउँदा आफूले खेलका लागि बिताएको विगतप्रति गौरवको महसुस भएको उनले बताइन् । केसीले खेलकुदमार्फत देशलाई चिनाउन आफूले सक्दो भूमिका निर्वाह गरेको बताइन् । उचित प्रशिक्षण र वातावरण पाएमा नेपाली खेलाडीले सुटिङमा अन्तर्राष्ट्रिय पदक जित्न सक्ने उनको भनाइ छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार