Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

‘एमगज’ नामक हात्तीले दुःख दिएको गुनासो

रौतहटको चन्द्रपुर नगर क्षेत्रमा ‘एमगज’ नामक जङ्गली हात्तीले घरटहरा तथा खेतीबारी क्षती पुर्याएको छ ।

चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा  यस हात्तीले प्रायः दैनिक जसो क्षती पुर्याउने गरेको छ । जङ्गली हात्तीले जुडिबेलाका कमलबहादुर विक, बद्री कार्की, उमेश थापा, प्रदीप बम्जन, शुक्र पुलामी लगायतको घरटहरा भत्काइसकेको छ । 

हात्तीले गैडाटार क्षेत्रको साइँला गोले, बोम्जन साइँला, मीना राई लगायतको घरटहरा भत्काइसकेको छ भने खेतीबारी क्षती पुर्याएको चन्द्रपुर नगरपालिका–वडा नं ३ वडाअध्यक्ष बोधनाथ देवकोटाले बताए । 

उनका अनुसार हात्तीले केरा खेतीमा बढी क्षती गरेको छ । झयस क्षेत्रमा केहि महिना अघि घाइते अवस्थामा हात्ती देखिएको थियो । उनले भने, ‘पटक पटकको उपचारपछी अहिले निको भएको हुन सक्छ ।’

हात्तीको दाया खुट्टामा गहिरो घाउँ हुँदा हिड्डुल समेत राम्रो सग गर्न नसक्ने अवस्थामा थियो उनले भने ।राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र बन्यजन्तु प्राबिधिक तीर्थ लामाको टोलिले  दुई पटक घाईते हातीको उपचार गरेपछि निको भएको हुन सक्ने उनको भनाइ छ । तर स्थानीयले भने  हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानतरण गर्ने माग गर्दै आएका छन ।