शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

‘महाराजधिराज’ मा वर्षाको प्रवेश

‘महाराजधिराज’ मा वर्षाको प्रवेश

बैशाख २६, २०८२ शुक्रवार
बैशाख २६, २०८२ शुक्रवार
  • ‘महाराजधिराज’ मा वर्षाको प्रवेश

    चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने क्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माण पक्षले निरन्तरता दिएको छ ।

    नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले बिहीबार अनुबन्ध गरेको छ । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माणपक्षले वर्षालाई अनुबन्ध गरेको हो । यो लाइनअपसँगै निर्माणपक्षले चलचित्रमा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ । स्टार कलाकार अनुबन्ध गर्दै लाइनअप बलियो बनेको सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।

    यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ । ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।

    चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार