शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जुनिमको निर्देशन र दीपकको लगानीमा चलचित्र ‘हे माया’ बन्ने

जुनिमको निर्देशन र दीपकको लगानीमा चलचित्र ‘हे माया’ बन्ने

चैत्र २०, २०८१ बुधवार
चैत्र २०, २०८१ बुधवार
  • जुनिमको निर्देशन र दीपकको लगानीमा चलचित्र ‘हे माया’ बन्ने

    दीपक लम्सालको लगानीमा चलचित्र  ‘हे माया’ निर्माण हुने भएको छ । आगामी जेठबाट सिनेमाको छायांकन तयारी सहित यो सिनेमाको निर्माण घोषणा गरिएको हो । 

    सिनेमाका लागि अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमती भैइसकेपनि लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि सार्वजनिक गर्ने तयारी भैरहेको लम्सालले बताए ।  निर्माता दीपक लम्साल लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय सिनेमाको नेपाल रिलिजको चाँजोपाजो मिलाउँदै आइरहेका छन् । उनले बलिउड सिनेमा नेपाल रिलिजमा लामो समय काम गरेपछि पहिलो पटक नेपाली सिनेमा निर्माणमा हात हाल्न लागेका हुन् ।

    रियल इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने सिनेमालाई जुनिम गहतराजले निर्देशन गर्ने भएका छन् । उनले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘ताण्डवम्’ हालै प्रदर्शनमा आएको थियो ।

    ‘ताण्डवम्’मा जुनिमको निर्देशकिय क्षमता हेरेर नै आफ्नो सिनेमा निर्देशनमा जिम्मेवारी सुम्पेको निर्माता लम्सालले बताए । सिनेमाको पटकथा तथा संवाद चक्रपाणी सांखीले लेखिरहेका छन् । नेपाली नयाँ वर्ष सुरु भएसँगै सिनेमाको कास्ट एण्ड क्रिउ सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट