शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रविनको  "मायामा मायामा" रोमाण्टिक देखिए बिना र राजेश (भिडियो)

प्रविनको  "मायामा मायामा" रोमाण्टिक देखिए बिना र राजेश (भिडियो)

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • प्रविनको  "मायामा मायामा" रोमाण्टिक देखिए बिना र राजेश (भिडियो)

    नेपाली संगीतप्रेमीका लागि नयाँ गीत "मायामा मायामा" सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक तथा संगीतकार प्रविन बज्राचार्यको स्वर र संगीतमा तयार पारिएको हो।

    यस गीतका गीतकार ओम लाल "अकेला" हुन्, जसले प्रेममा रहेका मानिसहरूको भावना अभिव्यक्त गरेका छन्। गीतलाई आकर्षक बनाउने कार्य एरेञ्जर दिपेश सिंहले गरेका छन्।

    यसको भिडियो अमेरिकाको क्यालिफोर्नियामा रहेको Clove and Hoof Restaurant को सहकार्यमा निर्माण गरिएको हो। भिडियोका निर्माता कल्यान  महत हुन्। भिडियोमा बिना राउत र राजेश भट्टराईले अभिनय गरेका छन्, जसले प्रेम र भावनात्मक संवेदनालाई सुन्दर ढंगले प्रस्तुत गरेका छन्।

    भिडियोको छायांकन बलकुमार मगर र गोपाल मगरले गरेका छन् भने सम्पादन बलकुमार मगर स्वयंले गरेका छन्। निर्देशनको जिम्मेवारी कपिल कार्कीले सम्हालेका छन्, जसले कथा र दृश्यांकनलाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन्। ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो म्युजिक भिडियोलाई दर्शक-श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार