Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्।

उनलाई सामाजिक सुरक्षाअन्तर्गत संचालन भइरहेको बोर्डको अध्यक्षमा मंगलवार मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरिएको हो। अध्यक्ष नियुक्त भएको पत्र थापाले आज स्वास्थ्य तथा जनसंंख्या मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग बुझेका छन्। 

यसअघि तत्कालीन अध्यक्ष डा गुणराज लोहनीले बिमा बोर्डलाई स्वास्थ्यमन्त्रीले सहयोग नगरेको भन्दै राजीनामा दिएका थिए। यसपछि बोर्ड ५ महिनादेखि अध्यक्षविहीन थियो।

उनी यसअघि बोर्डको सदस्य थिए। केही समयअघि मात्रै मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्लेलाई नियुक्त गरिसकेको छ।