Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

कुलमानलाई हटाइपछि गायक पशुपति शर्माले भने- लोडसेडिङ भए विरोध गरिन्छ

चर्चित गायक पशुपति शर्मालेलो डसेडिङ भयो भने खुलेर विरोध गर्ने बताएका छन् । 

आज सोमबारको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर उनको स्थानमा हितेन्द्र शाक्य नियुक्त गरे पछि उनले सो लोडसेडिङ भयो भने खुलेर बिरोध बताएका हुन् हुन्।

उनले सामाजिक सञ्जालमार्फत ब्यंग्य गर्दै भनेका छन्, अब लोडसेडिङ भयो भने खुलेर बिरोध गरिन्छ,,,हामी १६ घण्टा अधेरोमा बसेर उज्यालो पाएकै हौ'

मन्त्रिपरिषद बैठक अघि प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष ७ जनाको बैठक बसेको थियो। जसले संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउनका लागि ‘सर्च कमिटी’ बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रकिया अघि बढाउने निर्णय गरेको थियो।

सो बैठक लगत्तै बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाइ पदमुक्त गर्ने निर्णय लिएको हो।