Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

पत्नी एलिजालाई जन्मदिनको शुभकामना दिदैँ भने- मेरा लागि तिमी जीवनसाथीमात्रै होईनौं, मेरो सौभाग्यपनि हौ

अभिनेत्री तथा पत्रकार ऋषि धमलाको पत्नी एलिजा गौतमको आज जन्मदिन परेको छ । धमलाले पत्नी एलिजाको जन्मदिनको अवसरमा शुभकामना दिदै भने मेरा लागि तिमी जीवनसाथीमात्रै होईनौं, तिमी त मेरो सौभाग्यपनि हौ ।

485896158_1190048085830388_2262945155079975126_n.jpg

उनले शुभकामना दिदैँ लेखेका छन्ः प्रिय एलिजा, जन्मदिनको बेहद शुभकामना ! तिम्रो आगमनसँगै मेरो जीवनले पूर्णता पाएको छ । मैले मेरा हरेक दुःख अनि सुखमा तिम्रो सधैं दरिलो साथ र समर्थन पाएको छु । तिम्रो उपस्थिति र एक मुस्कान नै मेरो लागि उर्जा बनेको छ । जीवन नै प्रेमिल बनेको छ । मेरा लागि तिमी जीवनसाथीमात्रै होईनौं, तिमी त मेरो सौभाग्यपनि हौ । समाजसेवाप्रतिको तिम्रो लगाव अनि सक्रियताबाट म सधैं प्रभावित छु । यसलाई निरन्तरता दिइरहनु । तिम्रो व्यक्तिगत र व्यवसायिक जीवन सफलताको शुभकामना भन्छु । साथै, दीघार्युको पनि कामना गर्दछु । फेरि पनि जन्मदिनको असीम शुभकामना । धेरै–धेरै माया ।