Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

सन्तोष दाहालको शब्द रहेको  ‘राधा कृष्ण’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

 सन्तोष दाहालको शब्द रहेको ‘ राधा कृष्ण ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा हिमाल सागर र वेनिशा पौडेलको आवाज रहेको छ ।

यस्तै, विशाल निरौलाको संगीत र एरेन्ज तथा मिक्सिङ रहेको छ । उक्त गीतको भिडियोमा पबित्रा शांकी (मिस पबि) र रेशम गुरुङको अभिनय देख्न सकिन्छ । सबिन कुमार तोलाङ्गीको निर्देशनमा तयार पारिएको छ । त्यस्तै, उक्त म्युजिक भिडियोमा राजन रेग्मीले छायांकन गरेका छन् , भने म्युजिक भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् ।

यसैगरी, उक्त गीतमा शोभा श्रेष्ठ र माधव गहजराज निर्माताको रुपमा छन् , भने मिडिया संयोजकमा पत्रकार निराज रानाभाट रहेका छन् । उक्त गीतको रेकर्डिस्टमा राजन राई रहेका छन् , भने सन्तोशी आचार्य श्रीङ्गारमा रहेकी छिन् । त्यसैगरी, उक्त म्युजिक भिडियोको मिडिया पार्टनरमा जन अपडेट डटकम, नारायणी प्रेस साझा अनाइन टिभी, भिजन न्युज नेपाललगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन् ।

उक्त गीतको म्युजिक भिडियो साझा अनाइन टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।