Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

रचनाको जुनी जुनी बोलको फिमेल भर्सनमा स्मारिका र शिसनको रोमान्स

गायिका रचना रिमालको स्वर रहेको जुनी जुनी बोलको फिमेल भर्सनको गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपनराज शिवाकोटीको शब्द रहेको गीतमा सन्तोष सुनारको संगीत  रहेको छ ।

भिडियोमा मोडलद्धय स्मारिका ढकाल र शिसन सिङ बलको बेजोड अभिनय देख्न सकिन्छ । पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय स्मारिका र शिसनले वैँशालु उमेरमा भोगेको प्रेम वियोग र ब्रेकअपछि भोग्नु परेको एक्लोपनालाई भिडियो निर्देशक दिनेश  बस्नेतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

निर्देशक बस्नेत पछिल्लो पुस्तामा रुचाइएका निर्देशक हुनु । भिडियो रिलिज भएसँगै दिनेश भन्छन् जुनी जुनीको फिमेल भर्सनमा निकै नै मेहेनत गरेका छौँ । आशा छ हाम्रा अरु सिर्जना जस्तै यसलाई पनि दर्शकले माया र साथ दिनुहुनेछ । बिछोडको सिनमा कैयौँ पटक भक्कानिएकी छिन्मोडल स्मारिका । प्रेमीबाट पाएको धाकोभिडियोमा मोडल शिसनको अभिनयको चर्चा सुरु भएको छ । 

शिसनले  यसअघि नक्कली कान्छी, अल्लारे ठिटो, आमा, मान्छेको जात, बिँडी पार्टी, साथी लगायतका दर्जनौँ  गीतहरु बजारमा आइसकेका छन् । जसमध्येको बिँडी पार्टी डेढ करोड पटक हेरिएको छ । चितवनका मोडल शिसन एक कुशल कलाकार हुनु ।  सानै मेरदेखि अभिनयको क्षेत्रमा निकै रुची राख्ने शिसन  ठूलो संघर्षपछि अहिले चर्चामा छन् । उनलाई फिल्ममा अभिनयको पनि अफर आएको बताउँछन् । राम्रो व्यबनार र मनले खाएको टिमसँग काम गर्ने शिसनको धोको छ ।  

नरेश बिबिसीको मिक्सिगं मास्टरिगं रहेको सार्वजनिक गीतमा विकाश थापाको छायांकन रहेको छ । विकाश दाहालको सम्पादन रहेको  जुनी जुनी सन्तोष सुनार अफिसयलबाट बजारमा आएको हो ।  भिडियो रिलिज गरिए लगत्तै गायिका रचना रिमालले गीत राम्रो बनेको भन्दै सबैको मायाको खाँचो रहेको बताइन् । भिडियो हेरेका दशकहरूले पनि गीत निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।