Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चैते धान रोप्दै लोपोन्मुख वनकरिया समुदाय

अञ्जली थापा। मकवानपुरको मनहरी गाउँपालिमा रहेको लोपोन्मुख वनकरिया समुदायले चैते धान रोप्न सुरु गरेका छन् । डेढ दशक अगाडी सम्म अन्न खान मुस्किल पर्ने र खेतीपाती नगर्ने फिरन्ते समुदायको रुपमा रहेको लोपोन्मुख वनकरिया हाल खेतीपाती र पशुपालनमा ब्यस्त हुन थालेका हुन्  ।

खेतमा धान राप्दै गर्नुभएकी सुन्तली वनकरियाले हरेक बर्ष करिब ५ क्वीण्टल चैते धान भित्राउने गरेको बताउए । उनको अनुसार पानी कम हुने भएकोले जम्मा तीन कठ्ठामा मात्र चैने धान रोप्ने गर्नुभएको छ भने समुदायमा सबैले करिब आफ्नो कूल जग्गाको आधा जग्गामा मात्र चैते धान रोप्ने गरेका छन् ।

Sequence 01.00_43_42_18.Still1254.jpg

चैते धानले उक्त समुदायको चार महिना सजिलै कट्ने सुन्तलीको भनाई छ । उनी भन्छिन् “ हाम्रो सासु, ससुराले धान रोप्ने गर्नुहुन्नथ्यो किनकी उहाँहरु जंगलमा बस्ने गर्नुहुन्थ्यो तेसैले मेरो श्रीमान्ले सानो उमेरमा भात खान पाउनुभएनरे तर अहिले हामीलाई करिब करिब खान पुग्ने खेती हामी गर्छौ ।” उनी थप्छिन् “हामी धान, मकै, आलु र तरकारी खेती गर्छौं, भैसी र बाख्रा पालेका छौं, कुखुरा पनि छ लगभग खान पुग्छ ।” उनको दुई छोरा, श्रीमान सहित चार जनाको परिवार छ भने खानको लागि खेतीले पुग्ने र बच्चा पढाउन र अन्य खर्चको जाहो गर्न भने कमाउन जानपर्ने बाध्यता रहेको उनी बताउछिन् ।

वनकरिया समुदायले १८ बर्ष अगाडीसम्म खेती गर्न नजानेको र बालबालिकालाई पनि गाई,भैंसीको दुध खुवाउने चलनसमेत नभएको समुदायकी मुखिया सन्तमायाको भनाइ छ । उनको अनुसार तत्कालिन समयमा गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो माछा खाएर जिवन धान्ने गरिन्थ्यो भने हाल खेतीपाती र पशुपालनबाट खानको लागि पुग्ने गरेको छ । 

भिडियो: