Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुदाँ १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

गुर्भाकोट नगरपालिका–१३ सेराघारी बस्ने अन्दाजी ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा चालकबाहेक १९ जना घाइते भएका हुन् ।

घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ भने चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।