Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

लाज शरणमले बनायो नयाँ कीर्तिमान

चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा नयाँ कीर्तिमान बनाएको निर्माणपक्षले दाबी गरेको छ । 

‘लाज शरणम्’ विदेशमा एकै दिन सबैभन्दा धेरै हल पाउने सिनेमा बनेको ‘लाज शरणम्’का विदेश वितरक प्याट्रिक सुवेदीले बताएका छन् ।  फेब्रुअरी २७ मा मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको चलचित्र ४० सिनेमा घरमा रिलिज भएको छ । 

सुवेदीका अनुसार अमेरिका र क्यानडाका ७७ हलमा ‘लाज शरणम्’ प्रर्दशन भएको छ । “उत्तर अमेरिकामा एकै दिन सबैभन्दा धेरै हल पाउने चलचित्रको रेकर्ड बनाएको छ,” उनले भने ।

अष्ट्रेलियामा ३० स्थामा ‘लाज शरणम्’ रिलिज भएको छ । ‘लाज शरणम्’ मार्च ७ बाट यूकेका सिनेवल्र्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुँदैछ । चलचित्र ‘लाज शरणम्’ नेपालमा गत बुधबारबाट प्रदर्शनमा आएको थियो ।