Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

स्वस्तिमा खड्का नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त

अभिनेत्री स्वस्तिमा खड्का नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त भएकी छन् ।  

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज (सोमबार) आयोजित एक कार्यक्रममा त्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरेकी हुन् ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रबर्धन एवं बजारीकरण कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै कम्पनीसँग आवद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरिन् । 

कार्यक्रममा ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवं सुपरिचित संस्थासँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गरिन् । उनले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

सम्झौता संगै ब्रान्ड खड्काले नेपाल टेलिकमका सेवाहरुको प्रचारप्रसार, व्यापार प्रवद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धि कार्यहरु गर्नेछिन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यबस्था समेत सम्झौतापत्रमा उल्लेख गरिएको छ ।