विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा आबद्ध रहेर आफ्नो देशभन्दा पर पुगेर पनि स्वदेशमै भएझै गीत संगीतलाई माया गर्ने परदेशी गायक नवराज पाण्डेले लामो समयको अन्तरालपछि मन छुने बोलको गीत आँसु उपहार सार्वजनिक गरेका छन्।
गायक पाण्डेलाई यस गीतमा भने चर्चित गायिका पछिल्लो समय बेलायतलाई कर्मथलो बनाउँदै आएकी लक्ष्मी खड्काले साथ दिएकी छिन्। गायिका लक्ष्मी खड्काको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा विवस गोर्खालीको लय तथा शब्द सिर्जना रहेको छ ।
विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा लागेका पाण्डेले प्रवासमा पनि नेपाली गीत संगीतलाई माया गर्दै आएका छन् । “आँसु उपहार” गीतमा चर्चित मोडल स्मारिका ढकाल र सुरेश कोहलीले अभिनय गरेका छन् ।
गीतको अडियो र भिडियोलाई श्रोताहरुले निकै रचाएका छन् । बजारमा गीत सार्वजनिक भएपछि सामाजिक संजालमा गीत राम्रो भएको प्रतिक्रिया आइरहेको छ । “आँसु उपहार” ले प्रेम र मायामा छुट्टिएका जोडीहरूको वियोगान्त कथालाई समेटेको छ । गीतका बोल रचनाकारले उत्कृष्ट रूपमा सिर्जना गरेका छन् भने लय तथा संगीत पनि मनमोहक छ ।
निर्देशक निशान बाँनीयाले निर्देशन गरेको “आँसु उपहार” लाई सुरेश श्रेष्ठले छायांकन गरेका छन् भने सुजन कोइरालाले भिडियोको सम्पादन गरेका छन् ।
हेर्नुहोस् उक्त गीतको भिडियो —