Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

टिका राम ढकालको शब्द रचनामा ‘छोरो गयो परदेश’ सार्वजनिक

गायक डिज राज पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘छोरो गयो परदेश’ बोलको गीतमा टिका राम ढकालको शब्द रचना र गायक पौडेल स्वयम्को संगीत रहेको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो।

भिडियोमा बैदेशिक पीडाको कथालाई देखाउन खोजिएको छ। भिडियोको अन्तमा विदेश जानु भन्दा आफ्नै देशमा केहि गर्न प्रेरणा समेत दिइएको छ।

कपिल कार्कीको निर्देशनमा बनेको भिडियोमा नारद खतिवडा,दिपेन्द्र खत्री, डिज राज पौडेल,टिका राम ढकाल,मन्जु श्रेष्ठ,आरोभ ढकालको अभिनय रहेको छ। भिडियोको छायांकन र सम्पादन बाल कुमार मगरले गरेका हुन्। भिडियो ढकाल टिआर नामक यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।