यही फागुन १४ देखि प्रर्दशन हुने भनिएको चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ।
केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) ले फिल्मलाई यु सर्टिफिकेट दिएको छ। यसअघि उच्च अदालत पाटनले सेन्सर पास नभएसम्म फिल्मको प्रचार रोक्न आदेश दिएको थियो।
निर्माण पक्षले १४ गते रिलिज गर्ने तयारी गरिरहेको बताइएको छ ।
