Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

छोरीको जन्मदिनमा तस्बिर सार्वजनिक गर्दै रेखाले भनिन्- नझुक्ने न्याय र नबिक्ने इमान बन्नु

चर्चित नायिका रेखा थापाले आप्नी छोरी बैभबी राज्यलक्ष्मीको जन्मदिको अवसर पारेर तस्विर सार्वजनिक गर्दै शुभकामना दिएकी छिन् । उनले सामाजिक संजाल मार्फत शुभकामना व्यक्त गरेकी हुन् । 

480713038_9245790995498416_7900091336188241200_n.jpg

उनले लेखेकी छिन्ः प्यारी छोरी बैभबी राज्यलक्ष्मी, अमर ज्योति बन्नु, कालातित प्रेरणा बन्नु, हौसला र बिरताको प्रतिक बन्नु, नझुक्ने न्याय र नबिक्ने इमान बन्नु । ब्रह्माण्डका हरेक चिज प्रती समभाव र सहअस्तित्वको भावना राख्ने सत्य, शिव र सुन्दरको लायक बन्नु । पहिलो बर्षको पहिलो शुभकामनामा मैले तिमीलाई जननीको रुपमा यि आशिर्वाद दिएकी छु । तिम्रो आगमनले मेरो जीवनमा ल्याएका हरेक पूर्णताको र बैभवको कुनै तुलना छैन ।

480644484_9245791175498398_9078131798394502941_n.jpg

480696725_9245791338831715_7528232726367952434_n.jpg