Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’ को उपाधि

‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छन् ।

सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधि हासिल गरेकी हुन् । करुणा विक ‘फष्ट रनरअप’ भइन् भने ‘सेकेण्ड रनरअप’ रिन्जु कुसवहा भइन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।