Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

सम्बन्धविच्छेदबारे बोलिन् एलिना - बिहे गर्न हतार गरे, विष्णुलाई गाली नगर्नुस्

गायिका एलिना चौहानले आफ्नो सम्बन्धविच्छेदका बारेमा मुख खोलेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो वास्तविकता ओकलेकी छिन् । 

आफूले बिहे गर्न हतार गरेको र अहिले आएर सम्बन्धविच्छेद गर्नुपरेको उल्लेख गरेकी छिन् । सम्बन्धविच्छेदको निर्णयमा आफूहरू दुईजनाले सल्लाह गरेर, घरपरिवारको पनि सल्लाहमा सोचविचार गरेर गरेको बताएकी छिन् ।

उनले सम्बन्धविच्छेदको अवस्थामा आइपुग्नुमा पति (विष्णु सापकोटा) मात्र दोषी नरहेको भन्दै उनलाई गाली नगर्न शुभचिन्तकहरूलाई आग्रह गरेकी छिन् । आफूले माया गरेको मान्छेलाई अरूले गाली गर्दा आफैँले गाली खाँदा भन्दा बढी पीडा हुने बताएकी छिन् ।