Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

माघ २ गते रवि लामिछानेको सहकारी ठगी मुद्दामा जाहेरवालाको तर्फबाट थुनछेक बहस सकेर अदालतबाट बाहिरिएका त्रिपाठीमाथि अदालतको गेट नजिकै कुटपिट भएको थियो ।


कुटपिटमा संलग्न रही फरार रहेका हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षका महानन्द जैसी भन्ने महेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । टोखाबाट पक्राउ परेका उनीविरुद्ध प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भई रहेको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भइरहेको पनि काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ । घटना लगतै दोलखाका ललितकुमार केसी पक्राउ परेका थिए ।