Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सहकारी प्रकरणः पूर्व डीआईजी जोशी अदालतमा उपस्थित

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । जोशी आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।


उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । आजको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो ।

कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।