गायिका मेलिना राईले ‘इन्गेजमेन्ट’ गरेकी छिन् । उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्वीर र भिडिओहरू सार्वजनिक भएका छन् ।
लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् ।स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले जनाएको छ ।
सामाजिक सञ्जालमा राईले इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका शुभचिन्तकहरूले उनीहरुले शुभकामना दिइरहेका छन् ।