Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

टोखाको स्वादिलो चाकु: युरोप, अमेरिका र अष्ट्रेलियासम्म रुचाइयो (भिडियो)

चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई निरन्तरता

सविता नयाँजू । चाकु माघे संक्रान्ति अर्थात जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम मौलिक परिकार हो । सामान्य रुपमा अन्य समयमा यसको प्रयोग भएतापनि माघे संक्रान्तिको बेला बढी खपत हुनेगर्छ । काठमाडौं उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्ने वित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपी, टोखा चाकुको लागि प्रख्यात ठाँउ हो ।

टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्तिमा बढी चाकुको माग हुने भएकाले तिहारलगत्तै चाकु बनाउने काम धमाधम भइरहेको छ । विगतमा दुई प्रकारको चाकु बनाएपनि अहिले माग अनुसार १६ किसिमका चाकु बनाउने गरिएको छ । टोखाले चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई अहिलेसम्म निरन्तरता दिइ रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताए ।

Photos (2).jpg

उनले भने, ‘चाकु व्यवसायले निरन्तर चार पुस्ता टेकेको छ । माघे संक्रान्तिमा चाकु खानुपर्छ भन्ने भाष्य समाजमा हरेकाले तिहार लगत्तै यो दुई महिना चाकुको अत्याधिक बजारमा पठाएका छौं । चार पुस्तासम्म पेशामा निरन्तर लागि रहेका छौ ।  पेशा मात्र नभएर ऐतिहासिक, पौराणिक र मौलिक स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेका छौ ।’ चाकुले शरीरलाई तातो बनाउने र बलियो बनाउने हुदाँ चिसो मौसममा यसको खपत बढी हुने गरेको उनले बताए । चाकुको उत्पादन दुई महिना मात्र भएपनि दुई महिनाको आम्दानीले ६ महिनासम्म खान पुग्ने श्रेष्ठको भनाई छ । उनले यो अवधिमा २५ देखि ३० जनालाई रोजगारी दिने गरेको पनि बताए ।

उनका अनुसार पछिल्लो समय राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि चाकु निर्यात गर्ने गरेको छ । अस्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशहरुमा चाकु बढी मात्रामा जाने गरेको उनको भनाइ छ ।  उनले भने, ‘राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि टोखाको चाकुको माग बढेको छ । वर्षमा कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक छैन् । यहाँ अफ सिजन हुँदा बाहिर देशमा सिजन हुन्छ ।  सोही अनुसार निर्यात गर्ने पनि गरेका छौ । अष्ट्रेलिया, जर्मन, जापान, कोरिया जस्तो चिसो हुने देशमा चाकुको माग बढी हुन्छ ।’

Krishna Bahadur Shrestha 1.jpg

उनले चाकुको प्रकार अनुसारको मूल्य फरक हुने गरेको उनले बताए । चाकु व्यवसायले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग गर्ने गरेको भएपनि सरकारले त्यती ध्यान नदिएको पनि उनको गुनासो छ । उनले आफूहरुले दिएको करबाटै हामीलाई अनुदान दिएको भएपनि सहयोग गर्न असहज मान्ने गरेको उनले आक्रोश व्यक्त गरे ।

उनले भने, ‘स्थानीय सरकारले व्यवसायलाई हेरेको छ जस्तो लाग्दैँन् । हामीले तिरेको कर हामीलाई नै दिने हो । १० लाख माग गर्यौ भने दुई लाख आउँछ । स्थानीय सरकारले चासो नै दिएको छैन् । नेताहरुले भाषण मात्र गर्ने हो काम कसैले गर्दैन् । अनुदानको नाममा हामीबाट चाकु नै लिएर जानुहुन्छ ।’

Photos (1).jpg

यसको साथै, बाहिर पठाउने चाकुको ल्याब टेस्ट पनि भारतमा गएर गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा नै यसको व्यवस्था गर्नसके व्यवसायीहरुलाई सहज हुने श्रेष्ठको भनाई छ । 

भिडियो: