Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए

जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् ।

पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो ।

सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका कार्यकर्ता लखेटिएका हुन् ।