Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

विपिन शर्मालाई आइफोन उपहार दिदैँ स्वस्तिमा खड्काले के भनिन्?

 कर्णाली याक्सका लागि शानदार प्रदर्शन गरेका युवा आइकोनिक खेलाडी विपिनप्रसाद शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् ।

स्वस्तिमाले क्रिसमसको अवसर पारेर विपिनलाई नयाँ आइफोन उपहार दिएकी हुन् । स्वस्तिमाले उपहारसँगै एउटा नोट पनि लेखेकी थिइन् जसमा लेखिएको थियो- प्यारो विपिन भाइ, एनपीएलमा पाएको सफलताका लागि धेरैधेरै बधाई, यो फोन तिम्रो मेहेनत र प्रदर्शनका लागि एउटा प्रशंसाको चिनोको रूपमा रहेको छ । भविष्यका लागि थप सफलताको शुभकामना ।

New Project (24).png

विपिन आफैंले इन्सटाग्राममा स्टोरी राखेर स्वस्तिमालाई धन्यवाद दिएका छन् भने उक्त स्टोरीलाई स्वस्तिमाले ‘रिशेयर’ पनि गरेकी छन् । स्वस्तिमा  फेस अब कर्णाली याक्स समेत थिइन् । एनपीएलको राइजिङ स्टार अर्थात् उदयीमान खेलाडी १६ वर्षीय विपिन कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी हुन् ।

उनले प्रतियोगितामा ८ खेलमा १३ विकेट लिँदै कर्णालीको सबैभन्दा धेरै विकेट लिने खेलाडीको रूपमा रहे । उनले ६ भन्दा कमको इकोनोमीमा बलिङ गरेका थिए । उनले जिमी नीशम, मार्टिन गप्टिल, आन्द्रेस गौसजस्ता खेलाडीहरूलाई आउट गरेका थिए ।